पर्वत। ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले हिजो दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउमा परेका हुन् ।
कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। तत्कालीन रजिस्ट्रार पराजुलीलाई एक करोड पाँच लाख रुपैयाँ घूस लिएको आरोप लागेको छ ।