दार्चुला। दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ ।
बुधबार साँझ नौगाड गाउँपालिका–३ होपरीगाडमा रणबीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोराको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बिजुलीको तार सर्ट भएर आगोलागी भएको हो। आगोलागीबाट जलेर बालकको घटनास्थलमै मृत्यु भएको हो भने घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडालगायतका सामानहरु जलेर नष्ट भएका छन् ।
स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।