काठमाडौं। डडेल्धुरा सदरमुकामको बसपार्क पछाडी रहेको सार्वजनिक जग्गामा निर्माण गरिएका टहरा अमरगढी नगरपालिकाले हटाएको छ। नगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि सार्वजनिक जग्गामा निर्माण गरिएका टहरामा डोजर लगाएर हटाएको हो।
नगरपालिकाले टहरा हटाएसंगै व्यवसायीहरु आक्रोशित भएका छन् । सार्वजनिक जग्गामा टहरा निर्माण गरि व्यापार व्यावासाय गर्दै आएका व्यापारीहरुले कुनै व्यक्तिलाई भाडा दिदैँ आएपनि नगरपालिकाले ब्यवसाय गर्नका लागि अर्को ब्यवस्था नगरि चालेको कदमको ब्यवसायीले बिरोध गरेका हुन्।
नगरपालिकाको वडा नम्बर ५ अन्तरगत पर्ने बसपार्क क्षेत्रमा रहेका टहरा हटाउन पटकपटक सूचना जारी गर्दा पनि ब्यापारीहरुले वेवास्ता गरेपछि आफुहरु बाध्य भएर डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ।