जाजरकोट। जाजरकोटको नलगाड नगरपालिकाले भूकम्प पीडितलाई २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ। नगरपालिकाले नलगाडका भूकम्प प्रभावितलाई दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिन आग्रह गर्दै अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको हो।
विसं २०७२ को भूकम्पबाट प्रभावित नागरिकलाई नेपाल सरकारले जसरी दुई प्रतिशत ब्याजदरमा ऋण दिएको थियो, त्यसरी नै नलगाड नगरपालिकाका भूकम्पबाट प्रभावित नागरिकहरुलाई पनि दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिनका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लाई पत्र पठाइएको नगरपालिकाले जनाएको छ।
यहाँका अधिकांश सर्वसाधारणका घर, पशुचौपाया तथा घरमा रहेका अन्य सामग्रीसमेत नष्ट भएकाले समस्या भोगिरहेको भन्दै अर्थ र राष्ट बैंकसँग यस्तो माग गरिएको पालिकाको भनाइ छ ।