काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सन् २०२३ मा ‘एमडीआरटी’का लागि योग्य भएका ११६ अभिकर्तालाई सम्मान गरेको छ।
इन्स्योरेन्सले वर्ष सकिएको एक सातामै काठमाडौंमा ‘एमडीआरटी’अचिभर्स अवार्ड कार्यक्रम आयोजना गरी अभिकर्तालाई सम्मान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले व्यवसाय विस्तारमा केन्द्रित हुन अभिकर्ताहरुलाई आग्रह गरे। उनले बजार सुहाउँदो बीमा योजना सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए।