काठमाडौं। काठमाडौंका थप तीन ठाउँमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) सिस्टमको क्यामेरा जडानको काम सुरु गरिएको छ।
काठमाडौं । ट्राफिक नियम उलङ्घन गरेका सवारीसाधन पहिचान गर्न काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीन ठाउँमा एनपीआर सिस्टमको क्यामेरा जडानको काम सुरु गरेको हो ।
काठमाडौंको नयाँ बसपार्क, मूनी भैरव र महाराजगञ्ज क्षेत्रमा एएनपीआर क्यामेरा जडानको काम अगाडि बढेको बताइएको छ।
यसअघि कोटेश्वर, महालक्ष्मीस्थान र धोबीघाट क्षेत्रमा एएनपीआर विथ स्पिड डिटेक्सन क्यामेरा जडान गरिएको थियो ।
यसअघि जडान भएका क्यामेराको सन्दर्भमा ती क्यामेराले बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेका हुन्छन् । यदि कसैले तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ वा ट्राफिक नियम उलङ्घन गरेको छ भने उसको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जम्मा भएर बस्छ ।
त्यसपछि नम्बर प्लेटको आधारमा सवारी धनी पहिचान गरी ट्राफिक प्रहरीले कारबाही गर्छ ।