काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा हिजो पुस २९ गते कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । कोसी प्रदेशको संखुवासभा जिल्ला भएर बग्ने पिलुवा खोलामा निर्माण गरेको ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो ।
यस आयोजनबाट २०६०, असोज १ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरूलाई लोडसेडिङमुक्त बनाउन ठूलो योगदान गरिरहेको छ।