काठमाडौं। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा करिब ५ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । महानगरपालिकाले साउनदेखि पुस मसान्तसम्मको अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ बराबर राजस्व असुल गरेको हो ।
सबैभन्दा बढी बहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व असुल भएको छ । त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार रुपैयाँ असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको संख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो।