काठमाडौं। हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण वैशाखमा हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाख १२ देखि १४ गतेसम्म आयोजना गर्ने भएको हो।
एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरू, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सिमेन्ट, डण्डी लगायतका सामाग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत, सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलसमेत आयोजना गरिने छ ।
एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरूकोबीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत आयोजनाको वारेमा जानकारी दिन डेमोहरू प्रस्तुत गरिने छन् ।
एक्स्पोमा २०० भन्दा बढी स्टल रहने र करीब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । इपानले हरेक दुईरदुई वर्षमा गर्दै हाइड्रो एक्स्पो गर्दै आएको छ।