कैलाली। धनगढी उपमहानगरपालिकाले डस्टबिन तोडफोड गर्ने पिकअप चालकलाई जरिवाना तिराएको छ ।
धनगढी उपमहानगरपालिका स्थित ६ लेन सडक खण्डको माया मेट्रो अस्पताल नजिक राखिएका दुईवटा फोहर राख्ने डस्टबिन तोडफोड गर्ने सवारी चालकलाई जरिवाना गरिएको हो।
डस्टबिन तोडफोड गरेर भागेका गाडीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर दुई डस्टबिन बराबरको १० हजार १७० रुपैयाँ जरिवाना तिराइएको उपमहानरपालिकाले जनाएको छ।