पोखरा। पोखरामा एनएमबी बैंकको एटिमएम तोडफोड गरेको आरोपमा प्रहरीले राजकुमार भन्ने टिकाराम पौडेललाइ प्रकाउ गरेको छ । पोखरा–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा राजकुमारलाई प्रहरीले हिजो सोमबार प्रकाउ गरेको हो ।
पैसा चोरी उद्धेश्यले पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई प्रकाउ गरेको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थायी घर भई पोखरा १७ विरौटा बस्दै भएका २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रकाउ परेका हुन् ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयक कास्कीले जनाएको छ ।