सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–१७ मा रहेको साकेला सांस्कृतिक पार्कमा सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ ।
धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघा सुम्निमा पारुहाङको मूर्ति अनावरण गरेका हुन्।
किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको हो।
उक्त मूर्ति निर्माण गर्न धरान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागत लागेको छ ।