काठमाडौं। रूरू जलविद्युत परियोजना लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले पुस २५ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिदिएको हो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरूमा लभांश वितरण गरेको हो ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।