म्याग्दी। मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ छोसेर स्थित कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने सूचित गरेको हो ।
सो नाकाबाट सीमावर्ती उपल्लो मुस्ताङ्गका नागरिकले व्यापारिक सुविधा लिँदै आएका छन् । छिमेकी चीनतर्फ नयाँ वर्षसहितका चाडपर्व सुरु भएकाले अस्थायीरुपमा कोरला नाका बन्द गरिएको जनाइएको छ ।