काठमाडौं। विश्व बैंकले कन्ट्री पार्टनरसीप फ्रेमवर्क बनाउन राष्ट्रिय योजना आयोगसँग रायरसुझाव लिएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार आयोगसँग रायसुझाव लिएको हो ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा भएको छलफल कार्यक्रममा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारहरुको कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । उनले विकासलाई नयाँ दिशामा लैजानका लागि सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने सुझाव दिए।
‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा रि–स्ट्रक्चर गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रमहरु डिजाइन गर्नुपर्छ’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरेका छौं ।’
विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औं योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादम्यता मिलाउनु पर्ने बताएन् ।