रुपन्देही। जिल्लाको रोहिणी गाउँपालिकामा अटोमेटिक नम्बरप्लेट रेकिग्नेसन (एएनपीआर) क्यामेरा जडान गरिएको छ । पालिकाको वडा नम्बर ३ अन्तर्गत भैरहवा–परासी सडकखण्डमा गुड्ने सवारीसाधनको नम्बर प्लेट सहज रुपमा पहिचान गर्न आइतबार एएनपीआर क्यामेरा जडान गरिएको हो।
इलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब सवारी दुर्घटनापश्चात उक्त दुर्घटनाबारे अनुसन्धान गर्न थप सजहता प्रदान हुने पालिकाको विश्वास छ। औद्योगिक क्षेत्र समेत रहेको रोहिणीमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न यो क्यामेरा महत्वपूर्ण भएको पालिकाले जनाएको छ।
इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालकले सवारीले ‘हिट एण्ड रन’ गर्ने भएकाले सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन यो प्रविधि बहुउपयोगी हुने बताए ।