काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।