पाल्पा। पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ।
गाउँकार्यपालिकाको बैठकले मृत्यु हुने तिनाउ गाउँपालिका भित्रका पाँच जनाको परिवारलाई ३५ हजार रुपैंयाको दरले राहत दिने निर्णय गरेको हो।
त्यस्तै यो दुखद घडीमा तिनाउ गाउँपालिकाले पालिकाभरका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिने निर्णय गरेको गाउँ पालिकाले जनाएको छ।
उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ।
कच्ची उकालो सडकमा क्षमता भन्दा दोब्बर यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।