काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विराटनगरस्थित बुढीगंगा गाँउपालिका–१, पुष्पलाल चोक महिला जागृती तथा वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले ६ महीनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री र अन्य सामग्री उपलब्ध गराएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धाले सञ्चालन गरी समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाउनु खुसीको विषय भएको बताए ।