बाँके। जानकी गाउँपालिका वडा नं ४ ले निःशुल्क प्रदूषणरहित चुलो वितरण गरेको छ । वडाका एक हजार ७०० परिवारलाई प्रदूषणरहित चुलो वितरण गरेको हो ।
वडामा एक हजार २८८ घरधुरी छन् । सोमध्ये एक हजार ७०० चुलो वितरण गरेको बताइएको छ। एउटै परिवारमा पनि अलग भान्साको प्रयोग गर्ने सदस्यहरु छन् । उनीहरुलाई पनि वितरण गरिएको हो।
भारतको भुपालमा गएर श्रीमा ग्रुप एसएमजी कम्पनीसँग प्रदूषणरहित चुलोका लागि निःशुल्क सम्झौता गरेको थियो । ‘चुलोको मूल्य दुई हजार २०० भारु पर्ने भएपनि कम्पनीले आफ्नो प्रचार गर्न निः शुल्क चुलो उपलब्ध गराएको थियो।