काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २७ गते प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ । आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै चालू आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।