ओखलढुंगा। लिखु गाउँपालिकाले पालिकाभित्रको आयोजनालाई राष्ट्रिय योजनामा सूचीकृत गराउन अनुरोध गरेको छ । गाउँपालिकाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सो अनुरोध गरेको हो ।
गाउँपालिकाले वडा नम्बर ६ का चार वटा र वडा नम्बर ७ को एउटा योजनालाई राष्ट्रिय योजनामा सूचीकृत गर्नको लागि अनुरोध गरेको पालिकाले जनाएको छ। गाउँपालिकामा केही समय पहिले पर्यटन मन्त्री सुदन किराँतीको आतिथ्यतामा नाट्य महोत्सव भएको थियो।
सोहीबेला मन्त्री किराँतीले गाउँपालिकाको योजना निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै योजना माग गरेको बताइएको छ। सोही अनुरुप गाउँपालिकाले योजना सूचीकृत गर्न अनुरोध गरेको हो।