मोरङ। मिक्लाजुङ गाउँपालिकाले निर्माण सम्बन्धी कार्यको अनुगमन गरेको छ । गाउँपालिकाको उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्तासहित पालिकाका कर्मचारी तथा वडा प्रतिनिधिसहितको टोलीले शुक्रबार निर्माण योजनाको अनुगमन गरेको हो ।
गाउँपालिकाका अनुसार पालिकाले वडा नम्बर १, ३ र ४ को निर्माण कार्यको अनुगमन गरेको हो । टोलीले वडा नम्बर १ का चित्रे ढाडे सडक मर्मत तथा स्तरउन्नति, लेकडाडा छेडि सडक निर्माण तथा स्तरउन्नति, सेपि सडक निर्माण तथा मर्मत सम्भार, ओखलढुंगा सडक निर्माण तथा मर्मत सम्भार, क्यामुने सडक निर्माण तथा स्तरउन्नति, खोलागाउ कृषि संकलन केन्द्र र खोलागाउ तेर्से सडक मर्मत तथा स्तरउन्नति गरेको बताइएको छ।
यसैगरी वडा नम्बर ३ कलभर्ट निर्माण र वडा नम्बर ४ को जरुवा टोल दैते बाटो ग्राभेल तथा स्तरउन्नतिको अनुगमन गरेको हो। अनुगमनमा निर्माण कार्य राम्रोसँग सञ्चालन भइरहेको योजनालाई निरन्तरता दिनको स्वीकृत दिएको बताइएको छ।