तनहुँ। बन्दिपुर गाउँपालिकाले मेलमिलापकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । वडास्तरमा नै विवाद निरुपण गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र सञ्चालनको लागि गाउँपालिकाले मेलमिलापकर्ताको तालिम दिन लागेको हो ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यही फागुन १४ गतेभित्र तालिम लिन इच्छुक योग्य स्थानीयलाई आवेदन पेश गर्न अनुरोध गरेको छ । हाल वडाको मेलमिलाप केन्द्रमा पाको उमेर समूहका मेलमिलापकर्ता रहेकाले न्यायिक कार्यमा युवाको संलग्नता बढाउन तालिम दिन लागेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक पञ्च माया गुरुङले बताइन्।
पूराना मेलमिलाप कर्तालाई पुनर्ताजगी तालिमसमेत प्रदान गर्न लागेको उनले बताइन् ।