कास्की। माछापुच्छ्रे गाउँपालिकाले महिलालाई उद्यमशिलता तालिम दिने भएको छ । गाउँपालिकाले उपाध्यक्षसँग महिला उद्यमी कार्यक्रम सञ्चालन गरेर महिलालाई तालिम प्रदान गर्न लागेको हो ।
महिलाहरुलाई उद्यमशिलतासँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्षबाट ‘उपाध्यक्षसँग महिला उद्यमी कार्यक्रम’ सञ्चालनमा ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताइन्।
सो कार्यक्रममार्फत ढाका बुन्ने, सिलाइकटाइ, पोते बुन्ने लगायतका तालिम प्रदान गरेर महिलाहरुलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउने उनले बताइन् ।
उता, गाउँपालिकाले उपाध्यक्षसँग महिला उद्यमी कार्यक्रम अन्तर्गत तालिम दिन आवेदन खुला गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै ढाका बुनाइ र चुरा पोते बनाउने तालिमका लागि महिलाहरुको आवेदन माग गरेको छ।