मोरङ। मोरङको केराबारी गाउँपालिकामा उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी अभिमुखिकरण तालिम दिन थालिएको छ। गाउँपालिकाले पालिकाभित्रका सबै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
गाउँपालिकाले बुधबारदेखि उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको छ। गाउँपालिकाले हालसम्म वडा नम्बर ३, ५ र १० का उपभोक्ता समितिको पदाधिकारीलाई अभिमुखीकरण गरेको छ ।
गाउँपालिकाको आयोजना तथा वडा सरकारको समन्वयमा सो कार्यक्रम सञ्चालन हुँदै आएको हो । वडा नम्बर १० मा शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा २५ देखि ३० जना पदाधिकारीको सहभागिता रहेको छ।
अभिमुखीकरणमा आयोजना सञ्चालन गर्नु अगाडिको तयारी, भुक्तानीमा आउन सक्ने समस्या, भुक्तानी नहुने अवस्थालगायतको बारेमा जानकारी दिने गरिएको छ। साथै निर्माण कार्यको व्यवस्थापनको लागि पनि सिकाइने छ।