गोरखा। पालुङटार नगरपालिकामा रहेको आँपपीपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने भएको छ। मन्त्रिपरिषद बैठकले आँपपपिल अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
अस्पताल स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पनि मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ । हाल आँपपिपल अस्पताल १५ शैयाको रहेको छ । पालुङटार नगरपालिकाले पनि आपपिपल अस्पताल ५० शैयामा स्तरोउन्नतीको लागि पहल गर्दै आएको थियो। स्तरोउन्नती भएसँगै अव सेवा पनि थप हुनेछ ।