काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितको आन्दोलनमा सहभागी हुन लाग्नुभएको छ । नेता खनाल उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँन सहभागी हुन लाग्नुभएको हो ।
नेता खनालको सचिवालयले दिएको जानकारी अनुसार पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज (आइतबार) अपरान्ह भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ । यसअघि नेता खनालले पीडितको आन्दोलनप्रति समर्थन जनाउनुभएको थियो ।
देशभरका मिटरब्याज पीडितहरू गत बिहीबारदेखि सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा आन्दोलनरत छन् ।