सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो ।
३५ दिने सूचना जारी गरेर हटाउन भनिएपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाले बताएको छ। गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो ।
मेलम्ची बजारमा एक सय भन्दाबढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।
नगरको आग्रहमा केहिले आफैँ हटाएका भन्दै बाँकी रहेका घरमा डोजर लगाइएको मेलम्ची–११ का वडध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।