बाजुरा। जिल्लाको जगन्नाथ गाउँपालिकाले अस्पताल निर्माण गरेको छ। गाउँपालिकाले ११ करोड ७८ लाख लागतमा अस्पताल निर्माण गरेको हो।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकै साथ शिलान्यास गरेको एक स्थानीय तह एक अस्पतालअन्तर्गत उक्त अस्पताल निर्माण भएको हो । अस्पताल १० शैयाको निर्माण गरिएको हो । अस्पताल निर्माणसँगै सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये जगन्नाथ गाउँपालिकाले अन्य स्थानीय तहभन्दा चाँडो अस्पताल निमार्ण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीनजिकै निर्माण भएको अस्पतालमा पर्याप्त जनशक्ति र उपकरण नहुँदा पनि सञ्चालनमा ल्याएको जगन्नाथ गाउँपालिकाले जनाएको छ।