काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।
उनले मुलुकमा निजी क्षेत्रका व्यवसायीहरुलाई राज्यको नीतिले भन्दा पनि नेताहरुको संरक्षण बढी रहेको बताए। उनले व्यवसायीहरुले नेताको संरक्षण लिएसम्म समस्या जस्ताको जस्तै रहने उल्लेख गरे। सभापति लामिछानेले व्यवसायीहरुका समस्या समाधान गर्नको लागि नेताको संरक्षण भन्दा पनि राज्यको नीतिले गर्न आवश्यक रहेको धारणा राखे। उनले हरेक उद्योगी व्यवसायीहरु कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको बताए।
उनले नेताहरुको संरक्षणको कारण व्यवसायीहरुले खुलेर समस्याको विषयमा कुरा राख्न नसकेको पनि बताए। उनले व्यवसायीहरुले हरेक चाडपर्वमा आफ्नो संरक्षणको लागि नेतादेखि सरकारी निकायहरुमा रक्सी उपहार दिने प्रचलन बन्द गर्नु आवश्यक रहेको बताए। उनले व्यवसायीहरुले व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गरिरहेको बताए।
उनले नेपालमा राज्यलाई सबै भन्दा धेरै कर बुझाउने उद्योगी व्यवसायीहरुको सम्मान गर्न नसकेको बताए । उनले विश्वको कुनै पनि राष्ट्रमा धेरै कर तिर्नेहरुको सम्मान धेरै हुने गरेको बताए । उनले नेपालमा राम्रो काम गरेर वा नराम्रो काम गरेर धेरै सम्पती कमाउदा नेताको संरक्षण आवश्यक रहेको बताए।