हेटौंडा। संघीय सरकारको मातहत प्रहरी संगठन रहे पनि वाग्मती प्रदेश सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्दै आएको प्रहरी संगठनको क्षमतालाई वृद्धि गर्न ५८ वटा प्रहरी इकाईको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । १४ वटा भवन निर्माणाधीन अवस्थामा छन् भने ९ वटा भवनको निर्माण कार्य करिब सकिसकेको छ, हस्तान्तरण हुन बाँकी रहेको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्राविधिक प्रहरी उपरीक्षक ईश्वर थापाले वताए । ‘५ वटा भवनको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ’, उनले भने । ५८ वटा प्रहरी चौकी वा इलाका प्रहरी कार्यालयका भवनहरुको उदघाटन गरेर संचालनमा आइसकेका छन् । हेटौंडा उपमहानगरपालिका–४ स्थित प्रहरी चौकीको बुधबार एक समारोहबीच वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उदघाटन गरेका थिए।
करिब २ कठ्ठा जमिनमा निर्माण गरिएको वडा प्रहरी कार्यालय भवन बनाउन ३ करोड ९० लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । चार तले उक्त भवनमा २१ वटा कोठा रहेका छन् । उक्त भवनको अभावमा वडा कार्यालय घर भाडामा लिएर बस्दै आएको थियो ।
उक्त प्रहरी चौकी भवनसहित वाग्मती प्रदेश सरकारले आव ०७५र०७६ देखि आव ०८०र०८१ को फागुन १६ गतेसम्म १० जिल्लामा ५८ वटा भवन निर्माण गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत देवराज चौलागाईले बताए । प्रदेश प्रहरी कार्यालय अन्तर्गत् विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो ।
मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब ६६ करोड ९९ लाख १२ हजार ९ सय ७७ हजार रुपैयाँ लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख पाँच हजार ९९२ रुपैयाँ खर्च गरेको जनाएको छ ।
मकवानपुरमा १०, चितवनमा ६, सिन्धुलीमा ८ रामेछापमा ५, दोलखामा ५, नुवाकोटमा ५, काभ्रेमा ८, धादिङमा ४, रसुवामा ४, सिन्धुपाल्चोकमा ४ वटा भवन निर्माण गरिसकेको छ । मकवानपुरमा सशस्त्र प्रहरी गण नं। ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डााडाखर्क, प्रहरी चौकी हात्तीसुढे, प्रहरी चौकी ठुलोदमार निर्माण गरिसकेको छ ।
चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमेसरमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।
संघीय सरकार मातहत रहेको प्रहरी संगठनलाई सवल,सक्षम सुरक्षित एवं प्रविधिमैत्री वनाउन प्रहरी भवन अर्थात भौतिक पुवर्धारहरु निर्माण गर्न प्रदेश सरकारले झण्डै २ अर्व रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश सरकारले प्रहरी चौकीका भवन बनाउन मात्र होइन सवारी साधनहरु पनि उपलब्ध गराएको छ । इकान्तिपुरबाट