काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए। उाले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गरे । उनले अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताए। उनले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने बताए। उनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको बताए ।
उनले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताए । उनले सन् २००८मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्या पति समाधान गर्नसक्ने अवस्थामा रहेको बताए। उनले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने बताए।
अर्थमन्त्री पुनले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु रहेको भन्दै प्राथमिकताका साथ समधान गर्ने बताए। उनले सार्वजनिक क्षेत्रमा केही समस्या रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । उनले अहिले राजश्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिवद्धता जनाए। उनले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने बताए।