काठमाडौं। संघीय संसद अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । यस्तै, अध्यक्षले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।