काठमाडौं। राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले देशमा धार्मिक विभेद हुन थालेको बताएका छन्। आइतबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रियसभा सदस्य खालिदले देशमा धार्मिक विभेद हुन थालेको बताएका हुन्।
उनले कुनै धर्म विशेषलाई उसको धर्मको आधारमा विभेद भइरहेको बताए । उनले यसरी धार्मिक रुपमा विभेद हुनु देशको हितमा नभएको बताए। त्यस्तै बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षमा सबै क्षेत्रमा सन्तुलित रुपमा बजेट जानुपर्ने बताए। उनले तराई÷मधेशमा ५३ प्रतिशत जनसंख्या भएपनि १३ प्रतिशत मात्रै बजेट गएको भन्दै यसलाई सन्तुलित बजेट मान्न नसकिने बताए।