काठमाडौं। उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छीन्। सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको बताएकी हुन् ।
उनले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताएकी हुन् । उनले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा बमोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन्। मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उनको भनाइ थियो । उनले निर्भिक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बसह गर्न जरुरी रहेको बताएकी हुन्।