काठमाडौं। नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर गरिएको हो। यससँगै उनले सूर्यविनायक–धुलिखेल–सिन्धुली –बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको आयोगले बताएको छ।
उनको यो निर्माण कम्पनीले ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको पाइएको छ । यो कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ।