महोत्तरी। महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । १० करोडको लागतमा उक्त भवन निर्माण हुने भएको हो।
भङ्गाहा–५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीले शिलान्यास गरेका हुन् ।
जम्मा रु १० करोड ९१ लाख ४२ हजार ६२३ को लागतमा प्रशासकीय भवन निर्माण गरिने नगर कार्यपालिकाले जनाएको छ। भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब रु दुई करोड मूल्य बराबरको जग्गा दान गरेका हुन् ।