काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बागलुङको निसीखोलामा दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन् । उनले बस दुर्घटना भई ९ जनाको मृत्यु र २८ जना यात्रु घाइते भएकामा दुःख व्यक्त गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।