काठमाडौं। नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा छूट पाउने भएका छन् । ग्राहकलाई विभिन्न क्षेत्रमा छूट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको बैंकले स्काइवाकको टिकटमा छूट दिन वन्डर्स नेपालसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरीद गर्दा १० प्रतिशत छूट पाउनेछन् । छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरीद गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने बताइएको छ । यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाइनेछ ।