झापा। निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन बस्नेत निर्वाचित भएका छन्। निर्माण व्यवसायी संघ झापाको १४औं साधारण सभा तथा अधिवेसनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको प्रथम उपाध्यक्षमा रमेश अधिकारी, द्वितिय उपाध्यक्षमा कुमारप्रसाद उप्रेती, तृतिय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईँ, महासचिवमा पुष्पराज निरौला, सचिवमा योगेन्द्र खड्का, कोषाध्यक्षमा चन्द्र खत्री, सहकोषध्यक्षमा सिताराम ढुंगेल निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरु राजकुमार राई, नविन वराल, रमेश सेढाइँ, एंगल गुरुङ, प्रकाशकुमार सिंह, अनिता भट्टराई र चिरनसेन थापा निर्वाचित भएका छन्। महिला सदस्यमा भोलादेवी भट्टराई निर्वाचित भएकी छन्।