काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच जनाले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले सोमबार दाबी नपुगेको भन्दै पाँचै जनालाई सफाइ दिएका हुन्।
अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी–२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो।
जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो। नवीन कँडेल र रवि माझी फरार थिए। उनीहरू तीन जनालाई अदालतले गत वर्ष फागुनमा तीन।तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सिआइबीले १२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेपछि सरकारी वकिल कार्यालय काठमाडौंले पाँच जनाविरूद्ध मात्रै मुद्दा दर्ता गरेको थियो।