काठमाडौं। प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहबिच भेटवार्ता भएको छ। अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सोमवार विहान दाहालसंग भेटवार्ता गरेको हो।
सिंह नेतृत्वको प्रतिनिधिमण्डलले दाहाल लाई भेटी यही मिति २०८० चैत्र १६ गते मकवानपुरको हेटौडामा हुन गइरहेको महासंघको २५ औं साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गरिदिन आमन्त्रण गरेको छ।
सोही अवसरमा महासंघ अध्यक्ष सिंहले गत मंसिरमा राजधानीमा सम्पन्न ४६ औं इफाप्का फोरममा प्रमुख अतिथिको रुपमा समुपस्थित भई फोरमलाई सम्बोधन गरिदिएकोमा प्रधानमन्त्री समक्ष कृतज्ञता व्यक्त समेत गरेका छन्।