काठमाडौं। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा त्रुटि देखिएको ठहर गरेपछि सीआईबीमा कार्यरत अधिकृतहरुलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न रहेर पनि बाहिर कार्यरत दुईजना इन्स्पेक्टरलाई सीआईबीमै फिर्ता बोलाइएको छ।
प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरू ६० किलो ७१६ ग्राम सुन तस्करीबारे अनुसन्धानमा खटिएका थिए ।
अवैध सुन पैठारी तथा संगठित अपराधबारे इन्स्पेक्टर अधिकारीले आर्थिक विश्लेषण र गजेन्द्र रावलले प्राविधिक विश्लेषण गरेका हुन् । अनुसन्धान सकिएपछि उनीहरू फिर्ता भएका थिए ।