काठमाडौं। प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन्। बुधबार आयोजित एक कार्यक्रमकाबीच महानिरीक्षक थापाले भवनको उद्घाटन गरेका हुन्।
उनले भवन तथा कार्यालयको निरीक्षण समेत गरेका छन्। प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने तुलसीभक्त कन्स्ट्रक्सन प्रालिका नवराज श्रेष्ठ तथा प्रहरी नायब उपरीक्षकद्वय सुन्दर लाखे र रोशन सारुलाई प्रशंसापत्र प्रदान गरे।
यसै अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको बताए। कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी उपरीक्षक रामकुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीको नियमित बजेटबाट निर्मित ४ तले भवन कूल १६ करोड १९ लाख ६३ हजार ६ सय ३० रुपैयाँ ९२ पैसाको लागतमा निर्माण भएको जानकारी दिए।
नवनिर्मित यस भवनमा १०४ वटा कार्यकक्षहरु, २० वटा शैचालय, ५ वटा चेन्जिङ रुम, ४ वटा कक्षा कोठा रहेका छन्।