काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको आफू दोषी नरहेको बताएका छन्। उनले सहकारी प्रकरणमा आफ्नो नामबाहेक अरु केही नरहेको बताए ।
राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अदालतमा दर्ता भएको मुद्दामा आफू प्रतिवादी नरहेको बताए । सहकारी प्रकरणमा मेरो नाम छ भनिएको छ । त्यहाँ मेरो नामबाहेक केही छैन ।
अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । जाहेरी सूचनाको रूपमा प्रहरीमा दर्ता रहेको छ । यो कांग्रेस सरकारमा रहँदा भएको कुरा हो । उनले आफूले अनुसन्धानलाई कुनै किसिमले प्रभावित नपार्ने बताए ।