काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभा आजदेखि सुरु भएको छ। महासंघको साधारणसभा आजदेखि हेटौंडामा सुरु भएको हो। सभा आज र भोली हुने महासंघले जनाएको छ।
साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट गरिने छ। उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहने बताइएको छ।
महासंघका अनुसार साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने छन्। निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभुत छलफल गर्दै निर्माण उद्योगको विकास बिस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरु लिपिवद्ध गर्दै घोषणा पत्र जारी गर्ने समेत महासंघले जनाएको छ।
साधारण सभामा मुलुकभरबाट १ हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरुको उपस्थिति रहने दाबी गरिएको छ।