काठमाडौं। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ। आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।
पाँच जना सवार रहेको ट्याक्सी नदीमा खस्दा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ।
ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।
बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ ।