काठमाडौं। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचै जनाको मृत्यु भएको छ । आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो।
ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।