काठमाडौं। नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो, देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
यसैगरी, राति पनि पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी तथा कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।